Latest News
Kathmandu

कुलमान घिसिङकी पत्नि राप्रपा धादिङको उपाध्यक्ष निर्वाचित

कुलमान घिसिङकी पत्नि राप्रपा धादिङको उपाध्यक्ष निर्वाचित

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको धादिङ उपाध्यक्षमा कुलमान घिसिङकी पत्नि दिपा तामाङ चयन भएकी छिन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हुन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको हो ।

पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो । उनी पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङकी छोरी समेत हुन् । घिसिङ बुद्धिमानका छोरी ज्वाइँ हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मदन गुप्ता र राजु थापाहरुले तस्करी गरेर ल्याएको ४ ट्रक कपडा प्रहरी नियन्त्रणमा !
पछिल्लो समाचार →
एमसीसी पारित गर्न संख्या नपुगेपछि सरकारकै आग्रहमा संसद बैठक स्थगित !

Leave a Comment

Your email address will not be published. Required fields are marked *