Latest News
Kathmandu

सरकार र गठबन्धनको छिनोफानो भोलिसम्म हुन्छ : एमाले उपाध्यक्ष पाण्डे

सरकार र गठबन्धनको छिनोफानो भोलिसम्म हुन्छ : एमाले उपाध्यक्ष पाण्डे

धनगढी । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने बताएका छन् ।

एमालेलले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्दि्रत प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका पाण्डेले पत्रकारसँगको कुराकानीमा एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताए ।

‘संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक-फरक कुरा हुन् तर अहिलेको अवस्थामा गठबन्धन रहने/नरहने विषय एउटै बन्न पुुगेको देखिन्छ’ पाण्डेले भने, ‘आज वा ढिलोमा भोलिसम्म गठबन्धन र सरकारको छिनोफानो हुुन्छ ।’

एमाले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकारमा जान्छ ? भन्ने प्रश्नमा पाण्डेले आफूूहरू सरकारमा दाबी नगर्ने बताए । तर कांग्रेससँग सहकार्य भएमा सहमतिमा प्रदेश सरकारका बारेमा सोच्न सकिने उनले बताए ।

पाण्डेले अहिले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसीपास गर्ने कुरा सुुन्नमा आएको उल्लेख गर्दै अमेरिकाले उक्त कुरालाई स्वीकार नगर्ने बताए । ‘हामी एमसीसी स्पष्ट पार्न चाहान्छौं तर परिवर्तन गर्दैनौं भन्ने अमेरिकाले भनाइ हो । त्यसैले व्याख्यात्मक नोट अमेरिकाले स्वीकार्दैन’ पाण्डेले भने, ‘गठबन्धनमा आवद्ध दलहरूले आफ्नो रमाइलोका लागि संकल्प प्रस्ताव ल्याउने कुरा फरक हो ।’

उनले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूमा सडक पनि मेरो, सरकार पनि मेरो भन्ने प्रवृत्ति देखिएकाले अब देश नयाँ कोर्षमा अगाडि बढ्ने बेला भइसकेको जनाए ।

एमालेले एमसीसीबारे सत्तारुढ दलहरूको धारणा मागिरहेकाले त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रदेश १ को संसद बैठक ३ महिनापछि आज बस्दै
पछिल्लो समाचार →
कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि

Leave a Comment

Your email address will not be published. Required fields are marked *