Latest News
Kathmandu

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन शुरु हुन लागेको हो ।

आज दिउँसो प्रज्ञा भवन कमलादीमा शुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।

मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ । यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

प्रधानन्यायाधीश जबरामाथि महाभियोग नलागेको भए यो सम्मेलनलाई विरोध कार्यक्रमको रुपमा अघि सार्ने नेपाल बार एसोसिएसनको तयारी थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकार र गठबन्धनको छिनोफानो भोलिसम्म हुन्छ : एमाले उपाध्यक्ष पाण्डे
पछिल्लो समाचार →
यी हुन् स्वास्थ्य सेवा दिवसमा सम्मानित हुने १५ कर्मचारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *