Latest News
Kathmandu

यी हुन् स्वास्थ्य सेवा दिवसमा सम्मानित हुने १५ कर्मचारी

यी हुन् स्वास्थ्य सेवा दिवसमा सम्मानित हुने १५ कर्मचारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार डा. जितेन्द्र कंडेललाई प्रदान गरेको छ ।

२४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा डा. कंडेललाई पुरस्कृत गरिएको हो ।

एक लाख राशिको उक्त पुरस्कारलाई स्वास्थ्य सेवातर्फको सबैभन्दा महत्वपूर्ण पुरस्कार मानिन्छ । डा. कंडेल अहिले बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

त्यसैगरी, स्वास्थ्य सेवा पुरस्कार पाउनेमा बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेल, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह लाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि ५० हजारको रहेको छ ।

यस्तै, दिवसकै अवसरमा कोरोना महामारीको फन्टलाइनमा खटेर काम गरेका १० जनालाई सम्मान गरिएको छ ।

सञ्जीव कट्टेल फार्मेसी अधिकृत विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा वरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ र डा. शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

यसैगरी, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङमा कार्यरत सम्मानित भएका छन् ।

यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता’ रहेको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले निःशुल्क मिर्गौला परीक्षण, रक्तदान तथा अंग दानको कार्यक्रम राखेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि
पछिल्लो समाचार →
युक्रेनी सेनामा भर्ती हुन स्वयंसेवकको लाइन, भन्छन्- ‘रुसलाई जित्नेमा ढुक्क छौं’

Leave a Comment

Your email address will not be published. Required fields are marked *