Latest News
Kathmandu

कैलालीमा नेपाली कांग्रेस सभापतिको मतगणना १० बजेपछि

कैलालीमा नेपाली कांग्रेस सभापतिको मतगणना १० बजेपछि

धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना सुरु गरिने जानकारी दिए ।

कांग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुुनेछ ।

पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबीच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुुनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गियो : प्रदीप ज्ञवाली
पछिल्लो समाचार →
काठमाडौं महानगरपालिका सम्पदा मासेर ‘व्यावसायिक कम्प्लेक्स’ बनाउँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *