युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ । ‘निवेदन दिने समय सकियो । अब दलले बुझाएको कागज कानुनअनुसार छ कि छैन ? छानबिन गरेर मात्र दर्ता गर्छौं,’ पौडेलले भने ।

निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भए/नभएको बारे छानबिनको काम चैत २५ सम्म टुङग्याइसक्ने योजना आयोगले बनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्यतालिका रहेको छ ।

आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरूले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या खुलाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान आयोगले राखेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै निर्वाचनमा भाग लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख