Latest News
Kathmandu

सेनाले डिस्पोज गर्दै,शंकास्पद कुकर बानेश्वर सडकमा

सेनाले डिस्पोज गर्दै,शंकास्पद कुकर बानेश्वर सडकमा

काठमाडौँ । बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् ।त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरी स्रोतले बताएको छ ।

सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । शंकास्पद कुकर बम नै हो कि त्रास फैलाउन राखिएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं महानगरपालिका सम्पदा मासेर ‘व्यावसायिक कम्प्लेक्स’ बनाउँदै
पछिल्लो समाचार →
स्थानीय निर्वाचनमा ११० मध्ये ८० दलले भाग लिने

Leave a Comment

Your email address will not be published. Required fields are marked *