Latest News
Kathmandu

कांग्रेस प्रवक्ता महत : एमसीसीमाथिको भ्रम निवारण भयो

कांग्रेस प्रवक्ता महत : एमसीसीमाथिको भ्रम निवारण भयो

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यसमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित भएपछि यसमा देखिएका भ्रम निवारण भएको बताएका हुन् ।

‘एमसीसीको सन्दर्भमा भ्रम निवारण संसदमार्फत गरिएको छ । भ्रम र अन्योल हटेको छ । औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’ उनले पत्रकार सम्मेलनमा भने ।

एमसीसी अनुमोदनले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको प्रवक्ता महतले दावी गरे । ‘केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ । बुझाइमा समस्या रहे हामी बुझाउँछौं’ उनले भने ।

एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको भन्दै उनले भने, ‘हाम्रो बुझाइ र अमेरिका बुझाइमा समानता छ । आयोजना बढ्नेमा यस अनुमोदन ले पुष्टि गरेको छ । विकासमा नयाँ अध्याय प्रारम्भ भएको छ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौंका कुन-कुन ठाउँमा शिवरात्रिका दिन गाडी चलाउन पाइँदैन ?
पछिल्लो समाचार →
सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण इलाममा

Leave a Comment

Your email address will not be published. Required fields are marked *