Latest News
Kathmandu

सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण इलाममा

सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण इलाममा

काठमाडौं । इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताए ।

दुईतले संग्रहालय भवन नगरपालिकाको २१ लाख २५ हजार रुपैयाँ र बाँकी स्थानीयको योगदान गरी कुल २५ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिए । यो क्षेत्र पाटेनागी पर्यापर्यटन क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको छ ।

सुनुवारहरुको आफ्नै भाषा, लिपि, धर्म, संस्कृति, रीति र परम्परा भएकाले त्यसको विकास र प्रवर्द्धन गर्दै पाटेनागी पर्यटनसँगै जोड्न चाहेको नगरप्रमुख बस्नेतले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कांग्रेस प्रवक्ता महत : एमसीसीमाथिको भ्रम निवारण भयो
पछिल्लो समाचार →
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी

Leave a Comment

Your email address will not be published. Required fields are marked *