Latest News
Kathmandu

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो’ एन्टोनीले ट्वीट गरेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्नेछौं ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण इलाममा
पछिल्लो समाचार →
नारायणकाजी र विप्लवबीच भेटवार्ता प्रचण्डसँग असन्तुष्ट

Leave a Comment

Your email address will not be published. Required fields are marked *