Latest News
Kathmandu

नारायणकाजी र विप्लवबीच भेटवार्ता प्रचण्डसँग असन्तुष्ट

नारायणकाजी र विप्लवबीच भेटवार्ता प्रचण्डसँग असन्तुष्ट

काठमाडौं । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।

एमसीसी संसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी
पछिल्लो समाचार →
बन्द प्रशिक्षणबाट फुटसलका १० खेलाडी बाहिरिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *