Latest News
Kathmandu

बन्द प्रशिक्षणबाट फुटसलका १० खेलाडी बाहिरिए

बन्द प्रशिक्षणबाट फुटसलका १० खेलाडी बाहिरिए

काठमाडौं । एएफसी फुटसल एसियन कपको लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडीलाई बाहिर राख्दै प्रशिक्षणका लागि २२ जना छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु गरेका थिए ।

अब यसबाट १४ जनाको टिम घोषणा हुनेछ । त्यसपछि नेपालले फुटसल एसियन कपको तयारि स्वरुप थाइल्याण्डमा हुने आमन्त्रित प्रतियोगिता खेल्ने प्रशिक्षक बस्नेतले बताइसकेका छन् ।

एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको समूह बी मा रहेको नेपालले यसपटक एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।

बन्द प्रशिक्षणमा रहेका २२ खेलाडी  :

अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सुमित कुमार आले,

आदील हमाद, अमित लामा, बिजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणि कुमार लामा, मिलन राई, मनोज गुरुङ, प्रवेश जोशी, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नारायणकाजी र विप्लवबीच भेटवार्ता प्रचण्डसँग असन्तुष्ट
पछिल्लो समाचार →
एमसीसी परियोजनाको सुई कहिले घुम्न थाल्छ ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *