Latest News
Kathmandu

१ करोड ७० लाख स्वाहा : गल्छी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मस्ति , जहाज चढेर रारा घुमघाम

१ करोड ७० लाख स्वाहा : गल्छी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मस्ति , जहाज चढेर रारा घुमघाम

धादिङ । धादिङको गल्छी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकाले बिनियोजन गरेको बजेटमा चरम अनियमितता गरेको पाइएको छ । गल्छी गाउँपालिका, हेफर नेपाल र रिम्स नेपालको त्रिपक्षिय साझेदारीमा संचालित कृषि तथा पशुपंक्षी उद्यमशिलता कार्यक्रमको नाममा बिनियोजित एक करोड ७० लाख रुपैयाँ हवाइजहाज चढेर रारा घुम्घाममै सकिएको खुलाशा भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र कार्यरत कर्मचारीहरुले काठमाडौंबाट हवाइजहाज चढेर रारा घुमेर उक्त रकममा मोज गरेको गाउँपालिकाकै एक अधिकारीले दियोपोस्टलाई जानकारी दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ का लागि बिनियोजित उक्त बजेटमा जनप्रतिनिधि र कर्मचारी कर्मचारीले घुमघाम गरेको बताइएको छ ।

गाउँपालिकाको बजेटमा उनीहरु हवाइजहाज चढेर रमाइलो गरेको तस्विर समेत सामाजिक संजालमा राखेका छन् । पालिका स्रोतका अनुसार गत फागनु दोस्रो हप्ता कर्मचारीहरुको जम्बो टोली हवाईजहाज चढेर मुगुको रारा पुगेका थिए ।
भ्रमण जानेहरुमा उपाध्यक्ष राधा तिमिल्सिना, पशुप्राविधिक पदमा कार्यरत विनय भूजेल र मिना अधिकारी, कृषी प्राविधिक टिकाराम खतिवडा, किरण गिरी, वडा नम्बर ६ की सचिव निता शर्मा, वडा नम्बर एककी वडा सचिव राधाकृष्ण पण्डित, वडा नम्बर ५ का वडाध्यक्ष प्रेम बहादुर तामाङ, वडा नम्बर १ का अध्यक्ष मदन कुमार खतिवडा, कार्यालय सहयोगी रामहरी तिमिल्सिना, लेखापाल निरज ठाकुर र योजना शाखामा कार्यरत पशुपति आचार्य रहेका छन् ।

गाउँपालिकाका सुचना अधिकारी पेमा दोर्जे थोकरलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा गाउँपालिकाको बजेट अनुसार भ्रमणमा नगएको दाबी गरे । यद्धपी आफू नयाँ कर्मचारी भएको र आफूले त्यतिबेला सुचना अधिकारीको पद समेत नपाएको भन्दै उनी पञ्छिए । यद्धपी गाउँपालिका उपाध्यक्ष तिमिल्सिनासहितको टोली गएको भने उनले स्विकार गरे ।

भ्रमणमा गएकी गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले आफूहरुले हेफरसँगको सहकार्यमा कृषिमा भएका कार्यक्रम अवलोकन गरेर आएको दाबी गरिन् । कृषि समुहसँग सम्बन्धित ठाउँहरु हेरेको उनले बताइन् । ‘हेफरसँगको साझेदारी कार्यक्रम हो । त्यसको बजेट एक करोड ७० लाख रुपैयाँ हो । बाँकी कुरा हेफरसँगै बुझ्न समेत उनले बताइन् । अवलोकनको प्रतिवेदन भने हेफर नामक एनजिओले बुझाउने उनले बताइन् ।

गाउँपालिका स्रोतका अनुसार हालसम्म पनि उक्त प्रतिवेदन आएको छैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विप्लप लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाका भोलिको बिरोध कार्यक्रम सम्बन्धि आयोजित पत्रकार सम्मेलन ।
पछिल्लो समाचार →
आज पनि त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *