Latest News
Kathmandu

आज पनि त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

आज पनि त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई
आकाशमा होल्ड गरिएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१ करोड ७० लाख स्वाहा : गल्छी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मस्ति , जहाज चढेर रारा घुमघाम
पछिल्लो समाचार →
पर्साको नेपाली कांग्रेसको सभापतिमा क्षेत्री विजयी

Leave a Comment

Your email address will not be published. Required fields are marked *