युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनाव अघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् ।

नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १० वैशाख २०७९ मा अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले पनि २८ चैत २०७८ मा चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन् ।

प्रहरीमा अहिले हालका आईजीपी थापाकै ब्याचका हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीसहित अर्को ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । पाल, शाही र कार्की अहिलेका आईजीपीसँगै अवकाशमा गएपछि पोखरेल र थापामध्ये भावी नेतृत्वका लागि दाबेदार बन्नेछन् । तर सरकारले अहिले उनीहरुको ब्याचका थप अधिकृतलाई पनि एआईजी बनाउने गरी दरबन्दी थप गरेको छ ।

सशस्त्र प्रहरी बलमा चाहिँ एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना १८ वैशाखसम्मका लागि आईजीपी बन्नेछन् । आईजीपी खनालकै ब्याची भएपनि उनीहरु ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन् र एक जनाले २१ दिनका लागि आईजीपी हुने अवसर पाउनेछन् ।

उनीहरुले अवकाश पाएपछि हालका सिनियर सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतममध्ये एक जनाले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने अवसर पाउनेछन् । र, तीन मध्ये जसले एआईजी बढुवामा बाजी मार्नेछन्, उनकै नेतृत्वमा सशस्त्र प्रहरी आसन्न चुनावमा खटिनेछ ।

प्रहरीमा विश्वराज र सहकुललाई चुनौती

नेपाल प्रहरीमा अहिलेका आईजीपीका ब्याचले अवकाश पाउँदा एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा मात्र बाँकी रहन्छन् । प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’मा बढुवा गर्न सक्ने भनिएको छ ।

तर, पोखरेल र थापा दुवैलाई पूर्ववर्ती ओली सरकारले ‘अस्वभाविक’रुपमा दरबन्दी थप गरेर बढुवा गरिदिएको थियो । पोखरेललाई भावी आईजीपीकोरुपमा सुरक्षित गराउन उनका नातेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले २७ कात्तिकमा २०७७ मा एआईजीको दरबन्दी थप गराएका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थप भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि उजुरी परेको थियो ।

ओली सरकार अफ्ठ्यारोमा परेका बेला ओली निकट केही नेताहरुले विश्वराजको विकल्प बनाउने गरी थापालाई पनि दरबन्दी थप गरेर बढुवा गरिदिएका थिए । अहिले कांग्रेस नेतृत्वको सरकार बनेपछि पोखरेल र थापालाई चुनौति दिने गरी एआईजीको दरबन्दी थप गरिएको छ ।

सरकारले फागुन पहिलो साता एआईजीको तीन वटा दरबन्दी थप गरेर आईजीपीको प्रतिष्पर्धीकारुपमा पोखरेल र थापाको ब्याचका थप अधिकृतलाई पनि अघि बढाउन खोजेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृत बताउँछन् ।

ती अधिकृतका अनुसार थपिएको दरबन्दीमा वसन्तराज पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीबीच प्रतिष्पर्धा छ । पन्त र कार्की हालका आईजीपी क्षेत्रीकै ब्याची हुन् । त्यसैले उनीहरुबाहेक जो एआईजीमा बढुवा भएपनि प्रहरीमा भावी आईजीपीका लागि दाबेदार बन्नेछन् ।

तर यसरी बढुवा हुनेका लागि पनि एक वर्ष पहिल्यै एमालेले एआईजी बनाएका दुई अधिकृत चुनौति बन्नेछन् । किनकि, प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान नर्ग सक्ने कुशलता’ लगायतलाई आधार बनाएर आईजीपी बढुवाको निर्णय लिनुपर्ने भनिएको छ ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘सरकारले जोसुकैलाई बढुवा गर्नसक्ने भए पनि पहिले बढुवा भएका अधिकृतको एआईजीका रुपमा अनुभव एक वर्षले बढी हुँदा कार्यदक्षता मूल्यांकनमा पनि चुनौति हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित ख