Latest News
Kathmandu

पम्पहरुले कमिसन काटिएपछि इन्धन किन्न छाडे निगमसँग

पम्पहरुले कमिसन काटिएपछि  इन्धन किन्न छाडे निगमसँग

काठमाडौं । देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।

व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपोबाट इन्धन उठेको छैन्,’ प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’

काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।

डिपोका अधिकारी कपिल भट्टकाअनुसार शुक्रबार डिपोबाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री भएको छैन । ‘दैनिक करिब ७ लाख लिटर डिजेल र ९ लाख लिटर पेट्रोल बिक्री हुन्थ्यो तर आज एक लिटर पनि इन्धन उठेको छैन्,’ भट्टले भने, ‘यस अघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सृजना हुने देखियो ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सशस्त्र र नेपाल प्रहरीमा चुनाव अघि नै नयाँ आईजीपी
पछिल्लो समाचार →
मानव अधिकार आयोगको आग्रह पल शाह प्रकरण : पक्ष-विपक्षमा प्रदर्शन नगर्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *