Latest News
Kathmandu

अफिम खेती ३०० रोपनीमा लगाइएको नष्ट

अफिम खेती ३०० रोपनीमा लगाइएको नष्ट

धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ ।

प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।

साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजासमेत प्रहरीले जलाएर नष्ट गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘जुम्ला‐रारा अल्ट्रा म्याराथन २०७८’ हुने चैत २६ गते
पछिल्लो समाचार →
नेपाली कथानक चलचित्र ” आशाकाे दियाे ” छायांकन आरम्भ

Leave a Comment

Your email address will not be published. Required fields are marked *