Latest News
Kathmandu

नयाँ रेकर्ड सुनको भाउमा

नयाँ रेकर्ड सुनको भाउमा

काठमाडाैँ । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन् ।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार विश्वमा महामारी, युद्ध वा अन्य संकट आईपर्दा सुनको मूल्य सबैभन्दा छिटो प्रभावित हुने गरेको छ । ‘यस्ता संकटका बेला विभिन्न देशका सरकार तथा ठूला लगानीकर्ताले सुनमा लगानी बढाउँछन् जसले मागसँगै मूल्य बढ्ने गर्छ,’ उनले भने ।

युक्रेनमाथि भएको आक्रमणलाई लिएर रुसमाथि अमेरिकाले पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिबन्ध लगाउने भएपछि सुनको मूल्य बुधबार थप बढेको व्यवसायीको भनाइ छ । यसअघि मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।

नेपालमा वाणिज्य बैंकहरुले सुन आयात गरी व्यापारीहरुलाई बिक्री गर्दछन् । हाल दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । बुधबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १४१० रुपैयाँ थियो । सामान्यत सुन र चाँदीको भाउ सम्बन्ध सकारात्मक हुन्छ । प्राय सुनको भाउ बढ्दा चाँदीको पनि बढ्ने गर्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नयाँ बसपार्कभित्र रात्रिकालिन यात्रुको सहजताका लागि होटल तथा लज
पछिल्लो समाचार →
त्रिभुवन विश्वविद्यालयपरिसर भित्र एक युवकको शव फेला परेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *