Latest News
Kathmandu

नेपालको व्यावसायिक टेस्ट सेन्टर दूतमा मलिका

नेपालको व्यावसायिक टेस्ट सेन्टर दूतमा मलिका

काठमाडौं । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गतको टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा अभिनेत्री तथा मोडल मलिका महत नियुक्त भएकी छन् । कम्पनी र अभिनेत्री महतबीच एक वर्षको लागि सहमति भएको छ । दूत भएबापत मलिकाले संस्थाको व्यावसायिक प्रवर्द्धन गर्ने भएकी छन् ।

संस्थाले विद्यार्थीहको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गर्दै  भाषा परीक्षाहरु आईएलटीएस, पीटीई, टोफेलजस्ता कक्षा उक्त कन्सल्टेन्सीमा हुने जनाइएको छ  ।

विद्यार्थी उमेरका फ्यानमाझ सेलिब्रेटीको छवि बनाएकी महतलाई दूतमा नियुक्त गरेसँगै बजार प्रवर्द्धनमा थप सहयोग हुने आशा लिइएको कम्पनी सञ्चालक राजमान थकालीले बताए । ‘मलिका विद्यार्थीमाझ सेलिब्रेटी छवि बनाएकी अभिनेत्री हुन् । उनीसँगको सहकार्य कम्पनीका लागि फलदायी हुने अपेक्षा हामीले गरेका छौं,’ थकालीले भने ।

अभिनेत्री महतले पनि यो शैक्षिक परामर्श केन्द्रमा आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । ‘यो मेरो लागि पनि खुसीको कुरा हो । मैले मेरो तर्फबाट कम्पनीको प्रचार र बजार प्रबर्द्धनमा सहयोग पुग्ने सम्पूर्ण क्रियाकलाप गर्नेछु,’ उनले भनिन् ।

काठमाडौं, पोखरा, इटहरी, चितवन लगायतका स्थानबाट विद्यार्थीले हिमाअस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्ने जनाइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाली राजदूत श्रीधर खत्रीले लिए अमेरिकाका लागि शपथ
पछिल्लो समाचार →
पहिलो पल्ट ड्रोंन बाट खिचिएको विप्लप लगायत ६ दलको MCC

Leave a Comment

Your email address will not be published. Required fields are marked *