Latest News
Kathmandu

नेपाली राजदूत श्रीधर खत्रीले लिए अमेरिकाका लागि शपथ

नेपाली राजदूत श्रीधर खत्रीले लिए अमेरिकाका लागि शपथ

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

उक्त समारोहमा सञ्‍चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

यसअघि सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्राधिकरणले लिलाम गर्ने जफत भएका २० वटा ड्रोन
पछिल्लो समाचार →
नेपालको व्यावसायिक टेस्ट सेन्टर दूतमा मलिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *