Latest News
Kathmandu

प्राधिकरणले लिलाम गर्ने जफत भएका २० वटा ड्रोन

प्राधिकरणले लिलाम गर्ने जफत भएका २० वटा ड्रोन

काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ ।

प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ राखिएको छ ।

खरिद गर्न इच्छुकहरुले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । ड्रोन दर्ता प्राधिकरणमा हुनुपर्छ ।

सरकारले निश्चित क्षेत्रहरुमा ड्रोन उडाउन नपाउने गरी तोकेको छ । यसमा मठमन्दिर, सम्पदा तथा सुरक्षा सम्वेदनशील क्षेत्रहरु छन् । ती क्षेत्रमा अनुमति बीना ड्रोन उडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महोत्तरीमा एमसीसीको विषयलाई लिएर छाडे ५ नेताले माओवादी केन्द्र
पछिल्लो समाचार →
नेपाली राजदूत श्रीधर खत्रीले लिए अमेरिकाका लागि शपथ

Leave a Comment

Your email address will not be published. Required fields are marked *