Latest News
Kathmandu

महोत्तरीमा एमसीसीको विषयलाई लिएर छाडे ५ नेताले माओवादी केन्द्र

महोत्तरीमा एमसीसीको विषयलाई लिएर छाडे ५ नेताले माओवादी केन्द्र

जनकपुरधाम । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् ।

‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो’ संयोजक ढुंगानाले भने, ‘यस्तो पार्टीमा बस्दैनौं ।’

उनले अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दैनिक १ अर्ब २३ करोड खर्च पेट्रोलियममा, खपत घटाउन सकिन्न
पछिल्लो समाचार →
प्राधिकरणले लिलाम गर्ने जफत भएका २० वटा ड्रोन

Leave a Comment

Your email address will not be published. Required fields are marked *