Latest News
Kathmandu

संखुवासभाको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुल्यो

संखुवासभाको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुल्यो

विराटनगर । संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ ।

समा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका-४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराईको पनि मृत्यु भएको छ ।

दुर्घटनामा मादी नगरपालिका- ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अरु मृतकहरुमा मादी नगरपालिका-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् ।

अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुकुम्बासी बस्ती बचाउ आन्दोलनको उद्घाटन,
पछिल्लो समाचार →
भोलि धनुषामा कांग्रेस सभापतिका लागि मतदान हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *