Latest News
Kathmandu

भोलि धनुषामा कांग्रेस सभापतिका लागि मतदान हुने

भोलि धनुषामा कांग्रेस सभापतिका लागि मतदान हुने

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो ।

यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।

बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताले नाराबाजी गरेर विरोध जनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले एक हजार २४८, सन्तोष यादवले ८८२ तथा दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।

पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संखुवासभाको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुल्यो
पछिल्लो समाचार →
इरान जाँदै पारा तेक्वान्दो टिम

Leave a Comment

Your email address will not be published. Required fields are marked *