Latest News
Kathmandu

नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौं । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ ।

अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताए ।

‘अब अन्तर्राष्ट्रिय प्रवेश बिन्दुबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ पेस गरे पुग्ने छ । यसबाहेक कानुनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने छ,’उनले भने ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कर्णालीकै सिमकोट उत्कृष्ट पालिका चामुण्डा दोस्रो
पछिल्लो समाचार →
ऐसेलुखर्क गाउँपालिकामा प्राेत्साहन भत्तामै पालिकाकाे कर्मचारिमाथि विभेद

Leave a Comment

Your email address will not be published. Required fields are marked *