Latest News
Kathmandu

ऐसेलुखर्क गाउँपालिकामा प्राेत्साहन भत्तामै पालिकाकाे कर्मचारिमाथि विभेद

ऐसेलुखर्क गाउँपालिकामा प्राेत्साहन भत्तामै पालिकाकाे कर्मचारिमाथि विभेद

खाेटाङ। संघियताले देस छिटाे बिकास हुन्छ भन्दै स्थानिय निकायमा बिभाजन गरियकाे ५ बर्ष पुग्नै लाग्दा खाेटाङकाे केही स्थानिय निकायहरुमा नागरिकहरुले आशा गरेअनुरुप बिकासकाे आभास गर्न पाएकाे छैन भने केही स्थानिय निकायकै कर्मचारिहरुमा पनि प्राेत्साहन भत्ताकाे बिषयमा विभेद देखिएकाे छ। ।

बिषय हाे खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकाले कर्मचारिलाई उपलभ्द गराउने प्राेत्साहन स्वरुपकाे रकम, जस अनुसार कर्मचारिकाे पद अनुसार विभिन्न पदका कर्मचारिहुमा साे रकममा विभेद भयकाे एक कर्मचारिकाे गुनासाे छ। पालिका मातहदमा शिक्षा साखा,स्वासथ्य साखा,प्राविधिक साखा तथा अन्य विभिन्न साखाहरु भएनि कर्मचारिमा दपकै आधारमा पर्सेन्टेज काटेर ६०/४०/१००% गरिएकाेमा ती कर्मचारिकाे गुनासाे रहेकाे छ।

आज दिउँसाे अचानक एउटा फाेन आयाे र नाम नखुलाउने सर्तमा निज कर्मचारिले यस्ताे जानकारि दिए पश्चात् साेहि पालिकाकाे विभिन्न साखाहरुमा हामिले कलगरेर के रहेछ भन्ने जिज्ञासामा हु बहु जानकारि पायाैँ अझ उनिहरुले भन्दै थिए, प्रमुख प्रसासकिय अधिकृत ” हिरा कुमारि यादव” आफुले यी सब कडिमिलाएर पालिकाकाे जनप्रतिनिधि अध्यक्ष र उपाध्यक्ष सँग मिलाएर हामी लाई ६०% कसैलाई ४0% र उनी हाकिमले १००% गरेर तहअनुसार फरक गराएकाे बताए।

ती कर्मचारिले आफुमाथि भएकाे विभेदकाे कल गरेर मात्रै जनायका थिएन लेखेर समेत पठाए। ” साँच्चै एउटै सरकारकाे कर्मचारि, एउटै स्थानिय निकाय किन हाकिमले नै दाेहाेराे भुमिका मा याे सब गरिरहेकाे हाे ? उनकाे जिज्ञसा थियाे”।

यहि बिषयलाई लिएर हामिले प्रमुख प्रसासकिय अधिकृत हिरा कुमारि यादब सँग कुरा गर्न खाेज्दा साे बिषयलाई चासाे नदिएकाेले उनिमाथिनै पिडित कर्मचारिकाे भनाइ अनुसार झनैसंकाकाे घेराबढेकाे छ। भने उता पिडित कर्मचारिहरु भने कामगर्ने जाँगर नरहेकाे र दिने भनिएकाे पर्सेन्टेजकाे रकम पनि नलिने बताउछन्।

हुन त साे पालिकामा यस्ताे अनाहककाे समस्याहरु याे मात्र नाैलाे भने हैन । शिक्षक पेसाबाट राजनितिमा सफलहुन हाेमिएका पालिका प्रमुखकाे लापर्वाहिले भवन निर्माणमा अनियमितता भएकै कारण पालिका भवन निर्माण सुरु भएपनि हाल ठेक्का रद्ध गरिएको छ।

जिल्लाकै पुरानाे बजारले पनि बिकासकाे आशा गरिने ऐसेलु खर्क गाउँपालिका स्थित कार्यालय सम्म पुग्ने सडक संजाल र बजारहरुकाे अवस्था स्थानिय सरकार भएपछि र अघिकाे अनुपातमा खासै फरक देखिन्न।

शिक्षाकाे क्षेत्रहरु उस्तै बिजाेक , एक अबिभावक भन्छन् ” बजार नजिक प्राइभेट स्कुल नभएर बाधयताबस सरकारि स्कुलमा बच्चा पढाउन बाध्य छाैँ , बेलिबिस्तार लागाउँदा आफनै गाउँ समाजकाे मजाक गरेजस्ताे हुन्छ तर बास्तविकता यहि हाे सरकारि स्कुलमा पठाई शून्य जस्तै छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने
पछिल्लो समाचार →
आगलागी ताप्लेजुङमा एक महिलाको मृत्यु, एक घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *