Latest News
Kathmandu

आगलागी ताप्लेजुङमा एक महिलाको मृत्यु, एक घाइते

आगलागी ताप्लेजुङमा एक महिलाको मृत्यु, एक घाइते

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

ताप्लेजुङ प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास सिलिण्डिर पड्किएर घाइते भएकी थिइन् । ‘उहाँ दमको रोगी पनि हुनुहुँदो रहेछ । प्रहरी टोलीले उद्धार गरेर अस्पतालमा लगेको थियो । उपचारको क्रममा मृत्यु भयो,’ राणाले जानकारी दिएका थिए ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐसेलुखर्क गाउँपालिकामा प्राेत्साहन भत्तामै पालिकाकाे कर्मचारिमाथि विभेद
पछिल्लो समाचार →
एक दर्जन बढी सकेट बम रुकुमपूर्वको जंगलमा भेटिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *