Latest News
Kathmandu

एक दर्जन बढी सकेट बम रुकुमपूर्वको जंगलमा भेटिए

एक दर्जन बढी सकेट बम रुकुमपूर्वको जंगलमा भेटिए

दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् ।

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।

सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आगलागी ताप्लेजुङमा एक महिलाको मृत्यु, एक घाइते
पछिल्लो समाचार →
माओवादीको हातमा छ देशलाई कता लैजाने : प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *