Latest News
Kathmandu

आइतबार तोकिने जबराविरुद्धको महाअभियोग, संसदमा छलफलको समय

आइतबार तोकिने जबराविरुद्धको महाअभियोग,  संसदमा छलफलको समय

काठमाडौं । प्रतिनिधिसभामा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने समय आउँदो आइबार तोकिने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् ।

यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीको हातमा छ देशलाई कता लैजाने : प्रचण्ड
पछिल्लो समाचार →
एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्, प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने

Leave a Comment

Your email address will not be published. Required fields are marked *