Latest News
Kathmandu

एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्, प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने

एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्, प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए-नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताए । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्,’ उनले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’

अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उनले बताए ।

‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्,’ नेपालकौ वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’

एसमीसीको ५० करोड डलर सहयोगअन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताए । विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै उनले त्यही दिन फेरि आउन नदिन एमसी परियोजनालाई स्वीकार गरिएको बताए ।

प्रधानमन्त्री देउबाले पद नै धरापमा परेपनि एमसीसी पास गर्ने दृढता देखाएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताए ।

‘सबै निर्माणमा व्यवसायीलाई मेरो अनुरोध छ, एमसीसी परियोजना देश विकासकै लागि हो भनेर तपाईंहरुले पनि जनतालाई बुझाउन सहयोग गर्नुस्,’ खाँणले भने ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आइतबार तोकिने जबराविरुद्धको महाअभियोग, संसदमा छलफलको समय
पछिल्लो समाचार →
महिला अधिकारकर्मीलाई नविन अटो सेन्टरको सम्मान चितवनमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *