Latest News
Kathmandu

महिला अधिकारकर्मीलाई नविन अटो सेन्टरको सम्मान चितवनमा

महिला अधिकारकर्मीलाई नविन अटो सेन्टरको सम्मान चितवनमा

चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा सञ्चालित यामाहा महा–एक्सचेन्ज मेलामा चितवनका महिलाअधिकारकर्मीहरु सम्मानित भएका छन् ।

२२ फागुनदेखि सञ्चालित मेलाको तेस्रो दिन यामाहा मोटरसाइकल तथा स्कुटरका लागि चितवनको आधिकारिक बिक्रेता नविन अटो सेन्टर र एमएडब्लु इन्टरप्राइजेज प्रालिले उनीहरुलाई सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न संघ–संस्थाहरुमा आवद्ध भई सक्रिय रुपमा सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

सम्मानित हुनेमा राजनीतिज्ञ एव‌ समाजसेवी गौरी श्रेष्ठ, मञ्जुश्री असहाय संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँड, नारायणगढ लेडिज जेसिजकी अध्यक्ष एवं समाजसेवी अनिता श्रेष्ठ अधिकारी, महिला फुटवल संघ चितवनकी अध्यक्ष अरुणा गुरुङ, असहाय महिला तथा बालबालिका पुर्नस्थापना केन्द्र आदर्श गृहकी अध्यक्ष मिना खरेल लगायत रहेका छन् ।

नविन अटो सेन्टरकी संरक्षक मुनादेवी कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा नविन अटो सेन्टरकी प्रोपाइटर सुनिता कर्माचार्यले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा आदर्श गृहकी अध्यक्ष खरेलले व्यवसायिक यात्रामा रहेको यामाहाले महिलाहरुको मुख्य पर्वको रुपमा मनाइने नारी दिवसको अवसरमा महिला अधिकारकर्मीहरुलाई सम्मान गरेको प्रति धन्यवाद दिइन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्, प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने
पछिल्लो समाचार →
ठूला र साना दल भनेर नै कानुनले विभेद गरेको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *