Latest News
Kathmandu

राजनीतिक दलहरू र निर्वाचन आयाेगबीच के के विषयमा भयाे छलफल ?

काठमाडाैँ । निर्वाचन आयाेग र १७ राजनीतिक दलहरूबीचकाे छलफल सकिएकाे छ । बैठकमा आयाेगले अहिलेसम्म स्थानीय निर्वाचनका लागि गरेकाे तयारीबारे ब्रिफिङ्ग गरेकाे थियाे । माओवादी नेता लीलामणि पाेखरेलकाअनुसार आजकाे बैठकमा निर्वाचनकाे फेहरिस्त प्रस्तुबाहेक नयाँ विषयमा छलफल भएन । ‘आज केही नयाँ विषयहरू रहेनछन्,’ नेता पाेखरेलले भनेका छन्, ‘आयाेगकाे तयारीबारेमा हामीले बुझ्याैँ र हामीले पनि केही सुझाव दियाैँ ।’

यस्तै राजनीतिक दलका नेताहरूले निर्वाचन खर्च सीमित भएकाे भन्दै निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएका छन् । कतिपय नेताहरूले भने निर्वाचन कम खर्चमा व्यवस्थित तरिकाले गर्नुपर्ने बताएका थिए । ‘हामीले चाहिँ कम खर्चमा सुव्यवस्थित तरिकाले निर्वाचन सकाउने भनेका छाैँ । यसमा पनि आयाेगले विचार तथा छलफल गर्ने भनेकाे छ ।’

यस्तै नेता लीलामणि पाेखरेलकाअनुसार निर्वाचन आयाेगले साइबर ब्यूराे बनाउने भएकाे छ । लाेसपा नेता केशव झाकाअनुसार आयाेगले त्यसबारे दलहरूकाे रायसमेत मागेकाे छ । ‘आयाेगले साइबर ब्यूराे बनाउने भएकाे छ,’ उनले भने, ‘त्यसकाे जानकारी हामीलाई पनि गराइयाे र यसमा हामीले आ-आफ्नाे तर्फबाट सुझा दिएका छाैँ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गोरु ब्याएन सर्वोच्चमा मात्रै ५ वटा बाच्छा पायो : ओली
पछिल्लो समाचार →
मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *