
काठमाडौँ । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको समेत बताएका छन् ।
त्यस्तै, फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक ससहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।