Latest News
Kathmandu

१४ सांसदको मुद्दामा माधव नेपालसहित सर्वोच्चले एकै पटक अन्तिम सुनुवाइ गर्ने

१४ सांसदको मुद्दामा माधव नेपालसहित सर्वोच्चले एकै पटक अन्तिम सुनुवाइ गर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

‘अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ,’ अदालत स्रोतले भन्यो ।

अदालतले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमाले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रकाश सपुतको ‘पीर’ विवादमा माओवादी कार्यकर्ता जातिय गालीगलौचमा उत्रिए !
पछिल्लो समाचार →
वसन्त ऋतुलाई स्वागत गर्ने आरुको कथा

Leave a Comment

Your email address will not be published. Required fields are marked *