Latest News
Kathmandu

नेपाल यूएईविरुद्ध फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

नेपाल यूएईविरुद्ध फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

यूएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।

नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।

भण्डारीले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पीएनजीसँगको खेलमा उनले ११ रन मात्र बनाएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अब वस्तुगत प्रश्नमात्रै टिचिङ लाइसेन्सको परीक्षामा
पछिल्लो समाचार →
चैत १५ भित्र स्थानीय तहमा कांग्रेसको अवस्थाबारे रिपोर्ट पठाउनू

Leave a Comment

Your email address will not be published. Required fields are marked *