Latest News
Kathmandu

क्रिकेट विश्वकप लिग टु : आज नेपालले यूएईसँग खेल्दै

क्रिकेट विश्वकप लिग टु : आज नेपालले यूएईसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

पछिल्लो समय यूएईमा लयमा देखिएको छ । एक महिनाअघि टी-२० विश्वकप छनोट र त्यसअघिको टी-२० सिरिजमा पनि नेपाल यूएईसँग पराजित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।

नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमाले नेतासहित उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान
पछिल्लो समाचार →
जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *