Latest News
Kathmandu

पीएनजीलाई नेपालद्वारा १८४ रनको लक्ष्य

पीएनजीलाई नेपालद्वारा १८४ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी) लाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

नेपालका आसिफ शेख ४३, रोहित पौडेल ३४, आरिफ शेख ३१ र कुशल भुर्तेलले २० रन बनाए । यस्तै करण केशी १४, कुशल मल्ल ११, लोकेश बम ५, दिपेन्द्रसिंह एेरी ४ र सोमपाल कामी १ रनमा आउट भए ।

पीएनजीका चार्स्ल अमिनी, चाड सोपर र एलि नाओले दुई दुई विकेट लिए ।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ शुरु गर्नेछ । यसअघि काठमाडौँमै भएका दुई एकदिवसीय खेल हारेको नेपाल पीएनजीसँग आज बदला लिने दाउमा छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चैत १८ देखि प्रधान मन्त्री देउवाले भारत भ्रमण गर्ने
पछिल्लो समाचार →
धेरैजसो कलिलैमा गर्भवती सरकारी कार्यक्रमले पनि राेकिएन बालविवाह

Leave a Comment

Your email address will not be published. Required fields are marked *