Latest News
Kathmandu

नेइमार र एम्बाप्पेको ह्याट्रिक

नेइमार र एम्बाप्पेको ह्याट्रिक

काठमाडौं । नेइमार र केलियन एम्बाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेलिगेशनबाट बच्न संघर्षरत क्लेमोन्टमाथि फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा फ्रेञ्च लिग वानको लिडर पीएसजीले क्लेमोन्टमाथि ६–१ को जित निकालेको हो । क्लेमोन्टको मैदानमा भएको खेलमा पीएसजीले छैटौं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा एम्बोप्पेले अग्रता दोब्बर पारे ।

४२ औं मिनेटमा गोल फर्काएको घरेलु टोलीले खेलमा फर्किने संकेत देखाएको थियो । तर दोस्रो हाफमा हावी भएको पीएसजीले थप चार गोल गर्‍यौं । ७१औं मिनेट नेइमारको पेनाल्टी गोलमार्फत अग्रता बढाएको पीएसजीका लागि ७४औं र ८० औं मिनेटमा गरेर एम्बाप्पेले ह्याट्रिक पुरा गरे ।

त्यसको तीन मिनेटपछि नेयमारले पनि ह्याट्रिक पुरा गरे । पीएसजीको यो जितमा मेस्सी पनि समेल थिए । उनले तीन वटा गोलको लागि एसिस्ट गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको ३१ खेलबाट ७१ अंक भएको छ र दोस्रो स्थानमा रहेको रेनेसभन्दा १५ अंकले अगाडि छ ।

पुछारबाट चौथो स्थानमा रहेको क्लेमोन्टको २८ अंक मात्र छ । फ्रेञ्च लिगमा ३ टिम रेलिगेशनमा पर्ने छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘ए मेरो हजुर ४’मा समावेश जी-बबको गीत केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा
पछिल्लो समाचार →
‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा सुरु, ६७ समूहबीच प्रतिस्पर्धा

Leave a Comment

Your email address will not be published. Required fields are marked *