काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आज आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले चैत २९ गते सम्पन्न सञ्चालक समितिको ७३ औं बैठकले मर्जर, सञ्चालन निर्वाचन लगायत विभिन्न प्रस्तावहरु राखेर चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा बोलाइएको चौथो वार्षिक साधारण सभामा मर्जरलाई प्राथमिकतामा राखिएको थियो । सभाले युनियन लाइफ र अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्जर तथा एक्वीजिशन गर्ने प्रयोजनको लागि सम्पुर्ण प्रकृया पूरा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै सामुहिक लगानी कोष सञ्चालन गर्न प्रबन्धपत्रमा उदेश्य थप गर्ने, सो सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न पनि सञ्चालक समितिले अख्तियारी प्रदान गर्ने छ ।
आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले सेयरधनीलाई भने कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीको हात रिक्तो हुने भएको हो ।
सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने तथा स्वतन्त्र विज्ञ सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तीको एजेण्डा अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख १३ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार बैशाख १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

Leave a Comment