Latest News
Kathmandu

सुनको मूल्य तोलामा ३ सयले घट्यो

सुनको मूल्य तोलामा ३ सयले घट्यो

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ठूल-ठूला गफ होईन, साना-साना काम गरौँ : हर्क साम्पाङ
पछिल्लो समाचार →
अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *