Latest News
Kathmandu

अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि

अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि

काठमाडौं । अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।

सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्नराष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।

यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार अष्ट्रेलियाबासी भएका छन् ।

अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यसका साथै अष्ट्रेलियाले सन् २०१९ देखि १० लाख २० हजार ७ जनालाई आफ्नो देशमा स्वागत गरेको उक्त तथ्याङ्कमा जानकारी दिइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मूल्य तोलामा ३ सयले घट्यो
पछिल्लो समाचार →
सेयर बजारमा उछाल, ७४.९३ अंकको वृद्धि असार १६, २०७९

Leave a Comment

Your email address will not be published. Required fields are marked *