Latest News
Kathmandu

सेयर बजारमा उछाल, ७४.९३ अंकको वृद्धि असार १६, २०७९

सेयर बजारमा उछाल, ७४.९३ अंकको वृद्धि   असार १६, २०७९

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल देखिएको छ । बिहीबार सेयर बजार ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ । सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकिएको छ ।

बुधबार सेयर बजार ४१ अंकले बढेको थियो । कारोबार रकम समेत बुधबारको तुलनामा बिहीबार बढेको छ । यसले बजार घटेर निकै तल आएको मौकामा लगानीकर्ताले सेयर उठाइरहेको संकेत भने गर्छ ।

बिहीबार कुल २२७ कम्पनीको ४७ हजार ३९२ वटा कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूहमा हरियाली देखियो । बिहीबार लगानीकर्ताको आकर्षण व्यापार र वित्त उपसमूहमा बढी देखिएको छ ।

बिहीबार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । एक दर्जन कम्पनीको सर्किट लेवलमा कारोबार भयो । यस दिन ग्लोबल आईएमई डिभेन्चर, बरुण हाइड्रो, गुराँस लघुवित्तसहितका कम्पनीको मूल्य भने ओरोलो लाग्यो । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एसियन लाइफ इन्स्योरेन्ससहितका कम्पनीको सेयर धेरै किनबेच भएको छ ।

बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि
पछिल्लो समाचार →
आर्यघाटमा जलाउँदै गरेको १४ वर्षे किशोरीको शव प्रहरी नियन्त्रणमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *