Latest News
Kathmandu

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।

डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।

यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अर्थमन्त्रालयमा ग्यास चुलो विस्थापन, विद्युतीय चुलो प्रयोगमा
पछिल्लो समाचार →
आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *