Latest News
Kathmandu

दाहाल, नेपाल र भट्टराईलाई ओलिको कटाक्ष्य ,अरुका दानामा अरुका हितमा काम गर्ने??

दाहाल, नेपाल र भट्टराईलाई ओलिको कटाक्ष्य ,अरुका दानामा अरुका हितमा काम गर्ने??

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईमाथि अरुको दानामा अरुका हितका लागि काम गरेको आरोप लगाएका छन् । आज नेकपा एमाले कर्णालीद्वारा आयोजित शुभकामना तथा देउसी भैलो कार्यक्रममा सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् ।

‘अरुका दानामा अरुका हितमा काम गर्नेलाई परास्त गर्नुपर्छ,’ प्रचण्ड र बाबुराम भट्टराईको नाम लिदै ओलीले भने, ‘उहाँहरु यूरोप घुम्नुहुन्थ्यो, हामी पासपोर्ट नै पाउँदैनथियौं ?’उनले १७ हजार मर्दा प्रचण्ड र बाबुराम बाँचेको भन्दै प्रश्न गरे । ओलीले भने, ‘१७ हजार मरे प्रचण्ड बाँचे बाबुराम बाँचे ।’

बाबुरामहरुका छोराछोरी बेलायत पढेको भन्दै त्यसमा पनि आशंका व्यक्त गरे । उनले भने,‘हामी र हाम्रा छोराछोरीले बेलायत जाने पाउँदैनथिए, बाबुरामकाले पाउँथे ।’
आफूहरुलाई पञ्चायतकालमा प्रहरीले रेकर्डमा राख्दा प्रचण्ड र बाबुराम नपरेको भन्दै आशंका व्यक्त गरे ।ओलीले देशमा अन्तराष्ट्रिय शक्तिको षड्यन्त्र चिरेर बढ्नुपर्ने अवस्था आएको समेत बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो,बस चालक फरार
पछिल्लो समाचार →
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *