
काठमाडौं। पर्यटन बोर्डका (प्रमुख कार्यकारी अधिकृत) सिइओ धनन्जय रेग्मीले भंसार विभागका नासुमाथि मदिरा सेवन गरेर हातपात गरेका छन् ।
भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु रेग्मीले त्रिभुवन विमानस्थल भंसारका नासु सुमन थापामाथि चेकजाँचका क्रममा हातपात गरेका हुन् ।
त्रिउनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए। उक्त मदिरा चेकजाँच गर्ने क्रममा थापामाथि रेग्मीले झापड हानेका हुन् ।
भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए,‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्रै लगाएनन् र, धने,‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ ।’
अहिले रेग्मीमाथि भंसार ऐन अनुसार कारबाही चलेको छ । नेकपा एमालेका नेता योगेश भट्टराईले पर्यटन बोर्डको सिइओ नियुक्त गरेका रेग्मीले पर्यटन बोर्डमा समेत लुट मच्चाउँदै आएका छन् ।
भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। तर ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार जरिवाना गरियो। रेग्मीलाई दुर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरिएको हो।
झापड हान्ने रेग्मीले मदिरा सेवन गरेको समेत पुष्टि भएको छ । घटना गुपचुप राखिएको भएपनि अहिले फेरी यो घटनाले चर्चा पाएको छ ।
रेग्मी लन्डनमा गत सोमबारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए। उनले विमान भित्रै मदिरा सेवन गरेर आएको पाइएको छ ।