Latest News
Kathmandu

प्रतिनिधिसभातर्फ ४८ दलले बुझाए बन्दसूची

प्रतिनिधिसभातर्फ ४८ दलले बुझाए बन्दसूची

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।

बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस रहेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २ र ३ गतेभित्र सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउन समय निर्धारण गरेको थियो । अधिकांश दलले सोमबार बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाउने कार्य आज बिहान मात्र सकिएको थियो । ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । तर, ४८ दलले मात्र विवरण बुझाएको आयोगले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिकताविहीन पीडितको अनुरोध- ‘राष्ट्रपतिज्यू, विधेयकमा हाम्रो भविष्य छ, राजनीति नगरिदिनुस्’
पछिल्लो समाचार →
चुनाव पर्यवेक्षण गर्न तीन दर्जन एनजिओलाई अनुमति

Leave a Comment

Your email address will not be published. Required fields are marked *