काठमाडौं । किरात राई पत्रकार संघ (किराप)को केन्द्रीय अध्यक्षमा अवतार राई चयन भएका छन् । आइतबार कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा आयोजित संघको पाँचौ अधिवेशनले अवतारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई निर्वाचित भएका छन् । महासचिवमा कृष्णजित राई, सचिवहरुमा बुद्धि चाम्लिङ, गोविन्द राई, राजकुमार राई र गोमा राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा नुनुता राई चयन भएकी छन् । बाँकी पदाधिकारी र सदस्यहरु नयाँ कार्य समितिको बैठकले पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।

‘सञ्चारमा मातृभाषाको पहुँच’ नारासहित सम्पन्न संघको पाँचौ अधिवेशनले ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ । यसअघि निष्क्रिय बनेको संघले अवतारकै नेतृत्वमा आयोजक समिति बनाएर पाँचौ अधिवेशन सम्पन्न गरेको हो ।

Leave a Comment