Latest News
Kathmandu

एमालेले भन्यो- ‘डेंगी नियन्त्रणमा सरकार चुक्यो’

एमालेले भन्यो- ‘डेंगी नियन्त्रणमा सरकार चुक्यो’

काठमाडौं । नेकपा एमालेले डेंग रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको आरोप लगाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।

एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख छ । ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

डेंगीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छ्न । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन । हजारौंको संख्यामा बिरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ। फेरि पनि सरकार परिणामहीन भएको छ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशमा रहेका नेपाली संघसंस्थाले भन्यो- ‘राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभयो’
पछिल्लो समाचार →
कपनमा आगलागी हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *