युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ वर्षीय विद्यार्थीको मुत्यु भएपछि धादिङको गजुरीमा तनावग्रस्त भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारलाई ठक्कर दिएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिएको जानकारी दिए ।
‘दुईतिर बाटो अवरुद्ध छ । विद्यार्थीहरुले ठक्कर दिने गाडी जलाएका छन् । जनपथ र सशस्त्र प्रहरी खटाइएको छ’, उनले भने ।

विद्यार्थी र मृतकका आफन्तले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् । जिल्लाबाट वास्तविक घटनाको सबै विवरण संकलन गर्न टोली पठाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर