Latest News
Kathmandu

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन् ।

बिहीबार सुनिल रञ्जनसिंह लगायतको रिट परेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता पौडेलको भनाई छ । प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गाडीको ठक्करबाट ६ वर्षीय विद्यार्थीको मृत्यु भएपछि धादिङको गजुरीमा तनाव
पछिल्लो समाचार →
कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

Leave a Comment

Your email address will not be published. Required fields are marked *